अस्पतालबाट हराएको नवजात शिशु भेटियो

0
Shares

बीरगञ्ज २३ माघ ।

तीन दिन अघि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट हराएको नवजात शिशु भेटिएको छ । खोजी कार्यमा खटिएको प्रहरीका अनुसार पर्साको बेल्वा गाविस ९ का विन्देश्वर कानुको घरबाट आज दिउसो पौने दुई बजे शिशु भेटिएको हो ।

गत शुक्रबार बीरगञ्ज छपकैया २ की आशा देवी पासवानको छोरा जन्मेको तीन घन्टा पछि नै हराएको थियो । परिबारले सुत्केरी भेटन आएकी एक महिलाले चोरेको आशंका गर्दै तत्काल प्रहरीमा उजुरी हालेको थियो ।

प्रहरीका अनुसार २२ बर्षीया विवाहित छोरी लालसादेवीले अस्पतालबाट शिशु उठाएर माईत पुगेकी थिइन । सुत्केरी भएर आएको भन्दै छोरी पुगेपछि परिबारले सुत्केरी सरह स्याहर गरेका थिए । प्रहरीसंगको बयानमा लालसादेवीले विहे गरेको पाँच बर्षमा पनि सन्तान नभएपछि सन्तानका लागि बच्चा चोरेको बयान दिएकी छन् ।

प्रहरीले शिशुलाई परिबारको जिम्मा लगाएको छ । अहिले शिशुलाई एनआईसियुमा राखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *