‘ताप्लेजुङ जिल्ला अस्पतालमा सिटामोल छैन’ भन्ने समाचारले उब्जाएका प्रश्न

डा. उत्तम पच्या

हिजो ताप्लेजुङ जिल्ला अस्पतालमा सिटामोल र मेट्रोन लगायतका औषधि समेत छैन भनि समाचार उत्पादन गर्ने सरकारी निकाय राष्ट्रिय समाचार समिति (रासस)का जिल्ला सम्वाददाताले समाचार बनाई प्रेषण गर्नुभएछ । तत्कालै स्थानीय एफएमबाट सो समाचार प्रशारण भयो । केही क्षणमै केन्द्रीय स्तरका मिडियाबाट समेत सो समाचार प्रकाशित र प्रसारित भयो ।

नहोस पनि कसरी राज्यले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि निशुल्क उपलव्ध गराउने व्यवस्था गरेका बेला जिल्ला अस्पतालमा सिटामोल नै छैन भनेर सरकारद्धारा नियन्त्रित समाचार उत्पादन गर्ने निकाय राससले समाचार बनाउँछ ।

हिजो विहानै देखि रेडियो र अनलाईनमा राससको हवाला दिदै समाचार आउन थालेपछि प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको टोलीले जिल्ला अस्पतालको तत्काल अनुगमन गरेको थियो । सो क्रममा टोलीले सिटामोल र मेट्रोन मात्रै नभई अरु औषधि पनि उपलव्ध भएको एकीन गरयो ।

यस घटनाले के बताउँछ ? कतिपय समाचारहरु तथ्यपरक नहुँदा रहेछन् । हचुवाका भरमा लेखिँदा रहेछन चाहे त्यो सरकारी निकाय जो अलि बढी जिम्मेबार समेत हुनुपथ्र्यो । औषधि जस्तो मानवीय सम्वेदनशीलताको विषयमा समाचार लेख्दै गर्दा सम्वाददाता वास्तविकतामा पुग्नुपथ्र्यो । सत्य तथ्य पत्ता नलगाई हचुवाको भरमा समाचार लेख्दा सिंगो रासस नै बदनाम हुनुपुग्यो । रासस मात्रै होइन त्यो समाचारलाई विश्वास गरि प्रकाशित गर्ने अन्य मिडियालाई समेत अप्ठेरो परयो । यो बास्तवमै लाजमर्दो कुरा हो ।

गलत समाचार सच्याउन निकै गाह्रो हुन्छ । यसको लामो समयसम्म असर रहिरहन्छ । यसको आधिकारिकता हटाए पनि यदि यसलाई बैकल्पिक विचारले नकाटेसम्म त्यो रहिरहन्छ । जस्तो कि कन्चन रेग्मी प्रकरण, उनका श्रीमान कति क्रुर लाग्थे जव सम्म बैकल्पिक धारणा श्रीमानको आएको थिएन । तर जब श्रीमान तथा छोराहरुबाट धारणा आयो कन्चन गलत सावित भईन ।

हिजो आएको सिटामोल सम्वन्धी समाचारलाई पनि प्रमुख जिल्ला अधिकारीको टिमको अनुगमनले गलत सावित गरिदियो । जनताको कानमा परेको गाईगुई केही सेलायर गयो तर पनि केही समयसम्म यो समाचार रहिरहन सक्छ । समाचारले सेवा दिने अस्पताललाई अपजस दियो र जनता समक्ष गलत सन्देश पठायो ।

पत्रकारितालाई राष्ट्रको चौथो अंग मानिएको छ । यस्तो गम्भीर विशेषण बोकेको अंगलाई बदनामी नगरौँ । हचुवाको भरमा जथाभावी नलेखाँै र नबोलौँ । पत्रकारिता समाजको दर्पण हो यसले जे देखाउँछ समाजले त्यहि कुरा ग्रणह गर्छ । समाजको दर्पण भन्दा आफूले लेखेको बोलेको समाचार कति सत्यपरक हो हामी कति जनाले दोहोरयाएर मनन गर्छौ ? कति जनाले सोच्छौँ यो समाचारले सकारात्मक प्रभाव पार्छ कि पार्दैन ? कतै कसैको सम्वेदनासंग खेलवाड त हुँदैन ? कतै राज्इको चौथो अंगको रुपमा पत्रकारितालाई सम्मान गर्नुपर्छ भन्ने थोमस कर्लेल रोईरहेका त छैनन् ? यी कुरा कहिल्यै सोच्नु भएको छैन भने आजैबाट सोच्न थालौँ ।

अहिले जनता सचेत भईसके । तपाईँ पत्रकारले लेख्ने समाचारको विश्वसनीयता जनताले समेत केलाउने गरेका छन् । त्यसैले तपाईँको समाचार लेखाईले तपाईँको स्तर निर्धारण गर्दछ । कि यो कुनस्तरको पत्रकार हो भनेर । त्यसैले विश्वसनीय समाचार प्रकाशित गरौँ ।

पत्रकारिताका ५ नैतिक सिद्धान्त एक पटक मनन गरौँ त सत्यता, स्वतन्त्रता, निष्पक्षता, मानवता, उत्तरदायित्व यी सिद्धान्त मध्ये बाँकी चार सिद्धान्तलाई छोडेर स्वतन्त्रताको दुरुपयोग त गरेनौँ ? हामी जनताप्रति उत्तरदायी भएर कति सत्य निष्पक्ष समाचार लेख्यौ ? हाम्रो समाचारमा मानवताको झल्को दियौँ कि दिएनौँ ?

एउटै बाक्यांशले जीवन दिन्छ अर्कोले नास गर्न सक्छछ । त्यसैले कलमको सामथ्र्यलाई दुरुपयोग नगरी सदुपयोग गरौँ । सदुपयोगले मनमा आनन्द दिन्छ । समाजलाई खुशी दिन्छ साथै समाजको पथप्रदर्शक बनाउछ अनि मानवता छाउछ ।

समाचार संकलन गरेर सम्प्रेषण गर्नु मात्र पत्रकारिता पक्कै होइन त्यसमा गम्भीर अध्ययन र सही आंकलन साथै रचनात्मकता पनि आवश्यकता पर्छ । हाम्रो देश नेपालमा पत्रकारितामा पाकोपन आउनु जरुरी छ । त्यसै त राजनीतिक उथलपुथलले देश दलदलमा फस्दै छ ।यसबेला पत्रकारिताको ठुलो भूमिका हुन्छ जनतालाई सही समाचार पस्की राजनीतिज्ञहरुलाइ खबरदारी गर्न । राजनीतिज्ञहरुलाई मात्रै होइन समाजको जिम्मेबारी बहन गर्ने सबलाई ।समाचार सम्प्रेषण गर्न हतार नगरौ, पत्रकारिताको मूल मर्म र नैतिक सिद्धान्तलाई अँगालेमा विश्वमै उदारणीय बन्न सकिन्छ ।

# डा.  पच्या  जिल्ला अस्पताल ताप्लेजुङमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *