पूर्ण खोप गाविस घोषणा

0
Shares

भद्रपुर, ११ माघ । झापाको धरमपुर गाविस आज पूर्ण खोप गाविस घोषणा भएको छ ।‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ प्रमुख नाराकासाथ आज एक समारोहबीच सो गाविस पूर्ण खोप गाविस घोषणा भएको हो ।

झापामा धरमपुरसहित २२ गाविस र चारवटा नगरपालिका पूर्ण खोप घोषणा भइसकेका छन् भने अगामी जेठ मसान्त भित्रमा यो जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्यका साथ जिल्ला जनस्वास्थ्य कार्यालयले काम गरिरहेको खोप अधिकृत ईश्वरी पौडेलले बताए ।

सो अवसरमा स्थानीय विकास अधिकारी खेमराज ओझाले संविधानमा प्रदत्त अधिकारअनुसार बालबालिकालाई लगाइने खोपले जनस्वास्थ्यमा धेरै परिवर्तन ल्याउने बताए ।

धरमपुर गाविसका सचिव पूर्णशम्शेर कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरका प्रमुख मधुसुधन कोइराला र स्वास्थ्यकर्मी वेदनिधि निरौलाले खोपका विविध पक्षमाथि प्रकाश पारे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *