टिचिङबाट रातारात निजी अस्पतालमा पठाइन्छन् बिरामी

काठमाडौँ, ११ माघ ।  गत ५ माघमा काठमाडौँ चपलीका ६५ बर्षीय डिल्ली श्रेष्ठको पेट एक्कासी दुखेपछि छोरा सुमनले शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा पुरयाए ।

श्रेष्ठलाई दिउसो ३ बजे नै पुरयाए पनि आकस्मिक कक्षमा चिकित्सक तथा नर्स कसैले वास्ता गरेनन् । साँझ ९ बजे मात्रै चिकित्सकले सोधपुछ गरे । ‘परीक्षण नै नगरी सिटिस्क्यान, र एक्सरे मेसिन बिग्रिएको, बेड नभएको भनेर नेपाल मेडिकल कलेज अत्तरखेल जानुस भने, सुमनले  भने, ‘के का आधारमा अत्तरखेल रिफर गरियो भन्ने थाह छैन, त्यसैले उनीहरुले भन्नासाथ किन त्यहिँ जाने बरु अरु नै निजी अस्पतालमा लैजान्छु ।’

…………………..

धादिङ गजुरीका ३० बर्षीय मिलन विश्वकर्मालाई ६ माघमा एक्कासी पेट पोल्न थालेपछि परिबारले एम्वुलेन्समा राखेर राति १० बजे शिक्षण अस्पताल पुरयाए । आकस्मिक कक्षमा भर्ना गर्न खोजियो, तर अस्पतालका कर्मचारीले ‘बिरामी सिरियस रहेछन्, यहाँ त हुँदैन, चिरायु अस्पताल लैजानुस्’ भन्ने थाले । श्रीमती मञ्जुले सामान्य परीक्षण समेत नगराई किन महंगो अस्पताल पठाउन खोजेको भनेर कर्मचारीसंग विलौना गरिन, ‘राम्रो उपचार होला, धेरै खर्च पनि नलाग्ला भनेर श्रीमानलाई ल्यायौँ, प्राईभेटमा जानुस् भन्छन, सक्ने भने उतै लगिहाल्थेँ नि ।’ मञ्जुले रुदै भनिन भर्ना नभएपछि बिरामीलाई टिचिङ परिषरबाट निकाल्न आफन्त बाध्य भए ।

शिक्षण अस्पतालका निर्देशक डा दीपक महरा केही समय अघि देखि शिक्षण अस्पतालमा उपकरण विग्रिएको र बेड अभाव भएका कारण समस्या आएको बताए । ‘केही कर्मचारीले चलखेल गरेका होलान म बुझ्छु,’ उनले भने ।

रातको समयमा बिरामीलाई उपचार नै नगरी निजी अस्पतालमा पठाउने गरेको विषयमा जिज्ञासा राख्दा उनले अस्पतालसंग विरामी भर्ना भएको र डिस्चार्ज भएकाको रेकर्ड रहेको बताए । ‘इमरजेन्सीमा मात्र बिरामी भर्ना गर्ने ठाँउ हैन् । ओपिडी लगायतबाट पनि विरामी भर्ना हुने गरेका छन् । सबै  हुँदा हुँदै पनि अस्पतालबाट कमीकमजोरी पनि भएको हुनसक्छ । म बुझ्छु ।’

  •  आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *