स्वास्थ्य चौकीको नेतृत्व छैटौँले गर्ने कि पाँचौँले ?

काठमाडौँ,१० माघ । स्तरबृद्धि भई छैटौँ तहमा पुगेका सीअहेवले स्वास्थ्यचौकीमा पाँचौँ तहको हेल्थ असिस्टेन्टको मातहतमा रहेर काम गर्न परेको भन्दै स्वास्थ्य मन्त्रालय केन्द्रीत आन्दोलन सुरु गरेको महिना दिन पुग्न लाग्यो तर माग सम्वोधन हुने संकेत अझै देखिएको छैन् ।कहिलेसम्म समाधान हुन्छ भन्ने अवस्था पनि छैन् ।

सीअहेवको माग सम्वोधन गर्दा विगतमा जस्तै हेल्थ असिस्टेन्टहरुले अर्को आन्दोलन चर्काउने डरले पनि मन्त्रालयले माग सम्वोधन गर्न आलटाल गरेको हो । तर माग सम्वोधन नगर्दा र स्वास्थ्यकर्मीहरु कार्यस्थल छोडी काठमाडौँ आउँदा त्यसको प्रत्यक्ष असर भने सेवाग्राहीमा पर्ने देखिन्छ ।

त्यसो त स्तरबृद्धि भएकाहरुलाई पदस्थापन गर्ने दरबन्दी नभएको र अर्गानोग्राममा स्वास्थ्य चौकी इन्चार्ज एचए हुने प्रावधान रहेकोले ऐनमै संसोधन नगर्दासम्म समाधान नहुने मन्त्रालयका अधिकारीहरु बताउछन् । यद्धपी स्वास्थ्य मन्त्री गगन थापाले बीचको बाटो खोजेर भएपनि माग सम्वोधनको प्रक्रिया अघि बढाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रालयका उपसचिव बाबुराम खनालले समस्या स्वास्थ्य सेवा ऐनको दफा ९, दफा ९ ख र दफा १७ को कार्यान्वयनमा भएको बताए । दफा ९ अनुसार स्तरबृद्धि भयो तर दफा १७ अनुसार जिम्मेबारी अनुसार पदस्थापन हुन सकेन् । किनकी पदस्थापन गर्न दरबन्दी छैन् ।

उनले पटक पटक आन्दोलन हुन थालेपछि मन्त्रालयले स्थायी समाधानका लागि विकल्पबारे अध्ययन गरेको बताए । ‘हामीले के हुन सक्छ भने विभिन्न विकल्पहरु अध्ययन गरेका छौँ । त्यसको त्यसको प्रतिवेदन स्वास्थ्य मन्त्री समक्ष बुझाईसकेका पनि छौँ । मन्त्रीज्यूले उपयुक्त निर्णय लिनुहोला,’ उपसचिव खनालले भने ।

यसअघि स्तरबृद्धि भई पदस्थापन नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीबीच पटक पटक बार्ता भएको थियो । सो बार्तामा समाधानका उपायहरुबारे छलफल मात्रै भएको बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

8 thoughts on “स्वास्थ्य चौकीको नेतृत्व छैटौँले गर्ने कि पाँचौँले ?

  1. पाँचौ तहको पियन र चौथो तहको अ.हे.व.भएको स्वास्थ संस्थामा के पियन इन्चार्ज हुने हो ? यदि हैन भने पाँचौ तहको हेल्थ असिस्टेन्ट र सि.अ.हे.व.छैंठोमा सि.अ.हे.व.कसरी इनचार्ज हुन्छ त ? साइकल धेरै दिन चलाउदैमा मोटरसाइकलको लाइसेन्स प्राप्त हुने हैन कि ?? सि.अ.हे.व.हरुले त्यै साइकल चलाएर मोटरसाइकलको लाइसेन्स लिन खोजिरहेका छन ।

    1. आधारहिन,बहुलठ्ठिपूर्ण,स्वास्थ्य ऐन नियमाबलि बिरूध्द गरिएको बकबासपुर्ण कुतर्क ???

    2. Taha ra star ma pharak nabujheko ki bujh pachaeko? 5th peon ko talab scale 5th HA wa subba jati 6 ra maryadakram ma sarkar le na su sarah man6 bhane incharge majale hun6.krishi veterinary ra anya ka prabidhik ko jastai niyam swasthya ma kin hun nasakne?

      1. K swasthya ka HA bhanauda haru anya sewaka 3barse course gareka prabidhik bhanda bises hun ra? Swasthya sewa kharej gari nijamati mai misaunu uttam hun6.anya prabidhik sarah ain niyam ta lagu K swasthya ka HA bhanauda haru anya sewaka 3barse course gareka prabidhik bhanda bises hun ra? Swasthya sewa kharej gari nijamati mai misaunu uttam hun6.anya prabidhik sarah ain niyam ta lagu hun6

      2. संशोधित दरबन्दी तेरिज बमोजिम एेन एेन संशोधन गर्ने होइन बरु एेन सँग बाझिएको दरबन्दी तेरिज बाझिएको हदसम्म अमान्य हुने भएकाले एेन बमोजिम दरबन्दी तेरिज खारेज वा संशोधन हुनुपर्छ।

  2. पाँचौ तह र पाँचौ स्तर फरक अध्ययन गरेर मात्र पोस्ट सच्याउन होला

  3. Tahgat Jane ho bhane ta SN raANM tatha peon pani ta seniority ko adhar ma in charge hub paunu par6 natra bhane yogyatako adhaar mai in charge HA is best…

Leave a Reply

Your email address will not be published. Required fields are marked *