आम्दा अस्पताल विषयमा छानबिन गर्न निर्देशन

रुपन्देही, १ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो ।

स्थानीयवासीको ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा अस्पतालले लिएका उद्देश्य तथा कार्यक्रम लागू नगर्नुका कारण सार्वजनिक गर्नुपर्ने, स्थानीय व्यवस्थापन समितिलाई सम्पूर्ण सञ्चालन– व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने र व्यवस्थापन समितिमा वडा प्रमुखलाई सदस्यमा राख्नुपर्ने उल्लेख छ ।

वडावासीलाई उपचारमा ५० प्रतिशत छुट दिनुपर्ने माग पनि गरिएको छ । आम्दा अस्पताल २०७३ सालदेखि सुरु भएको हो । हाल १०० श्ययाको अस्पताललाई सरकारले १० बिघा जग्गा उपलब्ध गराएको छ ।

सरकारले गरेको सहयोग र संस्थाको उद्देश्यअनुसार झापा तथा अन्य स्थानमा अस्पतालको स्तरोन्नति भए पनि बुटवलमा नभएको आरोप स्थानीयवासी सरोकार समितिका सदस्य प्रकाश पाठकले लगाए । आम्दा अस्पताल बुटवलका प्रशासन प्रमुख ध्रुव श्रेष्ठले स्तरवृद्धि अहिले आवश्यक नभएको प्रतिक्रिया दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *