जनस्वास्थ्य कार्यालय पर्साका तत्कालिन प्रमुख सहित चारजना बिरुद्ध भष्टाचार मुद्धा

21
Shares

काठमाडौँ, १८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख सहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले जिल्ला जनस्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादव, भण्डार शाखाका प्रमुख, खरिदार राजेश्वर प्रसाद, वैरियाविर्ता उप.स्वास्थ्य चौकीका ईन्चार्ज श्रीराम साह र झौवागुठी उप स्वास्थ्य चौकीका ईन्चार्ज सोनालाल प्रसाद चौरासीयाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले उनीहरु बिरुद्ध ऐन, २०५९ को दफा ८ बमोजिमको कसुर गरेको पुष्टि भएपछि कारबाहीका लागि आज बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो।

आयोगले उनीहरुले आपसी मिलेमतोमा विभिन्न मेडिकल हल, फार्मेसीको नाममा भुक्तानी गराउने कार्यमा नक्कली बिल भर्पाइ प्रतिवेदन दाखिला गरेको पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ ।

अख्तियारले तत्कालिन कार्यालय प्रमुख यादवविरुद्ध ३ लाख ९७ हजार, चौकी इन्चार्ज साहविरुद्ध १ लाख २५ हजार, चौरसीयाविरुद्ध १ लाख २५ हजार र प्रसादविरुद्ध १ लाख ४७ हजारको विगो माग गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *