सुतेर उठ्दा आँखामा किन लाग्छ कचरा ?

36
Shares

विहान उठ्ने वित्तिकै हामी मुख धुन्छौँ अनि फ्रेस हुन्छौँ । मुख धुने क्रममा सबैभन्दा बढी पानी आँखामा फाल्छौँ । यसरी आँखामा बढी पानी फाल्नु निन्द्राको ह्याङ फाल्न मात्रै होइन आँखा सफा होस भन्नका लागि हो ।

खासगरी आँखामा जम्मा भएका कचेरा पखाल्न हो । त्यसबाहेक अनुहार सफा र फ्रेस हुने कुरा त छँदैछ ।

कचरा के हो ?

आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीका मरेका कोषहरु मिलेर बनेको हुन्छ । ‘प्लीका सेमी लुनारिस’ नामक आँखाको भागले हर समय कचरा बनाउने तरल पदार्थ ( आँशु) निकालिरहेको हुन्छ ।तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

तर जब हामी सुतेका हुन्छौँ, आँखा झिम झिम हुदैन् र यो तरल पदार्थ आँखाको कुनामा जम्मा भई जम्न पुग्दछ । बाहिरको धुलो, फोहर र मरेको कोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट हरेक दिन विहान उठ्दा आँखामा कचरा देखिन्छ ।

हरेक व्यक्तिमा प्लीका सेमीलुनारीसले फरकफरक मात्राको तरल निकाल्ने हुँदा कचराको मात्रा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ ।

  • एजेन्सी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *