स्वास्थ्य संस्था दर्ता तथा नविकरण गर्ने म्याद फागुन मसान्तसम्म

काठमाडौँ १३ पुस – सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायमा दर्ता तथा नविकरण नभई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई फागुन मसान्तसम्म दर्ता गर्ने म्याद दिएको छ ।

स्वास्थ्यमा दर्ता नभई संस्था दर्ता गर्ने निकायमा मात्रै दर्ता भएका यस्ता स्वास्थ्य संस्थाले नियमित दर्ता शुल्क भन्दा पाँच गुना बढी तिरेर दर्ता तथा नविकरण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रीपरिषदले स्वीकृत गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्वन्धी ( दोस्रो संसोधन) निर्देशिका २०७३ लाई टेकेर बुधबार जारी गरिएको सूचनामा दर्ता तथा नविकरणका लागि स्वास्थ्यका निकायमा निवेदन दिईसकेको तर दर्ता हुन नसकेका संस्थाले तीन गुणा बढी शुल्क तिरेर दर्ता तथा नविकरण गर्न सक्ने जनाएको छ । फागुन मसान्तसम्मको अवधीमा दर्ता तथा नविकरण नहुँने संस्था स्वतह खारेज हुने छन् ।

मन्त्रालयले दर्ता तथा नविकरण नभएका स्वास्थ्य संस्थाहरुमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत कारबाही गर्ने बताएको छ ।

स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा गत मंसिरको पहिलो साता काठमाडाँै र ललितपुर सहित देशका विभिन्न जिल्लामा भएको अनुगमनका क्रममा ठूलो संख्यामा स्वास्थ्य संस्थाहरु दर्ता तथा नविकरणविना नै सञ्चालनमा रहेको पाइएको थियो । सो क्रममा दर्जनौँ संस्थाहरुमा शिलवन्दी गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *