विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु, ६० जना बिरामी

0
Shares

इस्लामाबाद, १२ पुस –  क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ ।

रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयाँै व्यक्ति बिरामी भएका छन् ।

इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा पर्ने टोबा टेक सिंह सिटीमा रहेको क्रिश्चियन कोलोनीमा यो घटना भएको प्रहरी अधिकारीहरुले मङगलबार जनाएका छन् ।

“पछिल्लो विवरण अनुसार मुबारकबाद बस्तीमा क्रिसमस पर्व मनाइरहेका बेला २२ जना क्रिश्चियन र दुई जना मुस्लिमसहित २४ जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी अधिकारी इमरान अतिफले एएफपी समाचार समितिलाई बताउनु भएको छ । उनले कम्तीमा ६० जना बिरामी परेको पनि जानकारी दिएका छन् ।

यसअघि गत अक्टोबरमा पनि पञ्जाब क्षेत्रमा भएको एक पार्टीमा यस्तै विषाक्त मदिराका सेवनका कारण ११ जना क्रिश्चियनको मृत्यु भएको थियो ।

सन् २०१४ को अक्टोबरमा पनि इदको सार्वजनिक विदाका दिन विषाक्त मदिराको कारण २९ जना जड्याहाको मृत्यु भएको थियो । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *