अध्ययन भन्छ, ‘खुलेर हाँस्नुस् स्लिम बन्नुस्’

एजेन्सी – बैज्ञानिकहरुका अनुसार तपाईँ खुलेर हाँस्दा त्यति क्यालोरी खर्च गर्नुहुन्छ जति तपाईँ हल्का हिँडदा खर्च हुन्छ ।

जीवविज्ञान तथा डा.हेलेन पिचरले हाँस्य कलाकार हाँसो र त्यसको शरीरमा पर्ने प्रभावको बारेमा अध्ययन गरेकी थिइन् ।
उनको अध्ययनको नतिजाअनुसार भूईमा लडेर पेट मिचीमिची अनियन्त्रित तरिकाले हाँस्नाले १२० क्यालोरी प्रति घण्टा शक्ति प्रयोग हुन्छ । जुन मध्यम गतिमा हिँड्दा प्रयोग हुने क्यालोरी बराबर हो ।

खित्का छाडेर हाँस्दा प्रतिघण्टा १०० क्यालोरी बराबर शक्ति खर्च हुन्छ भने वाहिर नदेखाईकन भित्रै मुसुमुसु हाँस्दा करीब २० क्यालोरी प्रति घण्टा सम्म प्रयोग हुन्छ ।

एक राम्रो खुलेर हाासिएको हाँसोले तपाईँको पेटलाई नियन्त्रण गर्न मद्दत गर्छ जबकि तपार्इँ घरमा टि.भी.मा कमेडी कार्यक्रम हेरीरहनु भएको छ भने अन्जानमा तपार्इँको पेटको ब्यायाम भईरहेको हुनसक्छ ।

बैज्ञानिकहरुको अनुसार इन्टरनल अब्लिक भन्ने पेटको मांसपेसी सीक्स प्याक बनाउन जिम्मेवार हुन्छ र त्यसको ब्यायाम पेटको क्रन्चिङ भन्दा हाँसोबाट बढी हुने गर्छ ।

खुलेर हाँस्नाले रक्तसंचारलाई पनि प्रभावकारी बनाई मुटुका मांसपेसीको समेत व्यायाम गराउने गर्छ ।

डा. पिचर भन्छिन्, ‘तपाईँ कमेडी कार्यक्रम हेर्दाहेर्दै आफ्नो तौल घटाउन सक्नुहुन्छ । यदि त्यो कार्यक्रम हेर्दै केही खाईरहनु भएको छैन भने । म आफैपनि हाँस्य कार्यक्रम हेरेपछि बढी स्वस्थ र फिट भएको महसुस गर्छु ।

एक हाँस्य कार्यक्रमका सञ्चालक टिमान्द्रा हार्कनेस भन्छन्, हाँस्नु व्यायामको बिकल्प होईन तर जवसम्म तपार्इँ आफ्नो व्यायामलाई नियमीत बनाउन सक्नुहुन्न तबसम्म खुलेर हास्नुस यसले तपाईँको शरीर स्वस्थ राख्न मद्धत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *