महिनावारी हुँदा किन दुख्छ पेट ?

  • डा. विमल थापा, प्रसूती तथा स्त्रीरोग विशेषज्ञ

    महिनावारी भएपछि या हुनुअघि कतिपय महिलामा तल्लो पेट दुख्ने समस्या हुन्छ । यसलाई डिस्मेनोर्हिया भनिन्छ ।

  • महिनावारी हुनुअघि प्रोस्टाग्लान्डिन्स हर्मोन बढी उत्पादन हुन्छ । यो हर्मोनका कारण पाठेघरको नलीमा बढी रक्त प्रवाह हुन्छ र पाठेघर खुल्ने क्रममा दुख्ने गर्छ ।
  • सुरु–सुरुमा महिनावारी हुँदा पेट दुख्ने भए पनि परिपक्व हुँदै गएपछि धेरैको आफँ ठीक हुन्छ । बच्चा जन्माएपछि धेरैको दुखाइ स्वतः ठीक हुन्छ ।
  • कसैलाई भने टिनएजमा नदुखेर ३५–४० वर्षपछि दुख्ने गर्छ । यो विभिन्न कारणले हुने गर्छ । त्यसैले चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *