रसियामा मदिराका रूपमा ‘वाथलोसन’ पिउँदा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो

0
Shares
अस्पतालमा उपचाररत रसियन महिला

मस्को (रसिया), ७ पुस –  रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या बिहीबार ७१ पुगेको छ ।

गत हप्ताको अन्त्यमा वाथलोसन पिएर ११७ जना विरामी भएको रसियाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता टाटैन लेबेडेभले बिहीकार जानकारी दिए । केही विरामी अझैपनि अस्पतालमै रहेको पनि उनले बताए।

ठुलो संख्यामा नागरिकहरुको मृत्यु र विरामी भएपछि स्थानीय अधिकारीहरुले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् । स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई नियन्त्रणमा पनि लिइएको जनाएको छ ।

इरकुस्कको क्षेत्रीय प्रशासनले मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएकाले वाथलोसन पिएकै कारण उनीहरुको मृत्यु भएको पुष्टी भएको जनाएको छ ।

लोसनको बोतलमा उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने स्पष्ट सङ्केत भए पनि स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ । रासस/सिन्ह्वा/एपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *