गर्भवती जाँच गराउन स्वास्थ्य चौकीबाटै टेलिफोन

0
Shares

सल्यान, ६ पुस –  गर्भवतीलाई स्वास्थ्य संस्थाबाटै टेलिफोन गरेर जँचाउनका लागि निमन्त्रणा गर्न थालिएको छ ।

आमा र जन्मने नवजात शिशुको स्वास्थ्य सुरक्षा गर्न धनवाङ गाविसस्थित स्वास्थ्य चौकीबाट गर्भवतीलाई फोनमार्फत बोलाउन सुरु गरिएको हो । गर्भवतीहरु सुरुमा जाँच गराउन आउने भए पनि पछि नआउने भएकाले फोन गरेर बोलाउने गरिएको धनवाङ स्वास्थ्य चौकी इन्चार्ज देवेन्द्रकुमार सेनले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *