पूर्वाञ्चलमै पहिलोपटक पेनलेस प्रसूति सेवा

4
Share

मोरङ, २३ मंसिर –  सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस (दुखाइ नहुने) प्रसूति सेवा उपलब्ध गराएको छ ।

सो अस्पताल सञ्चालक डा. रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ ।

उनले भने, ‘अहिलेसम्म एकसय जनाले सो सेवा उपलब्ध लिइसकेका छन् । अस्पतालका पेन मेनेजमेन्ट विशेषज्ञ डा. शैलेशजङ्ग डाँगीले बेलायतबाट सुरु भएको सो सेवा शत्प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उल्लेख गरे।

सो सेवा लिनुभएकी धनकुटा नगरपालिका–५ की मीना घिमिरेले सो प्रविधिबाट प्रसूति गराउँदा कुनै दुखाइ नभएको बताए । उनले भने, “प्रसूति गराउँदा कुनै दुखाइ भएन र सहज महसुस भयो ।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *