सरकार र डा. केसी पक्षबीचको बार्ता फेरि बस्ने गरी टुंगियो

244
Shares

education-ministry-nepal

काठमाडौँ, १२ मंसिर – सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच आज विहान देखि बसेको बार्ता भर्खरै टुंगिएको छ । सरकारी बार्ताटोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठका अनुसार बार्ता फेरी बस्ने गरी टुंगिएको छ । आजै बस्छ वा भोली बस्छ भन्ने बारेमा टुंगो नलागेको उनले बताए ।

अरु विषयमा सहमति नजिक रहे पनि त्रिवि उपकुलपति र आइओएमको डीनलाई बर्खास्ती गर्ने विषयमा भने कुरा अघि बढेको छैन् । ‘यो अलि गम्भीर विषय हो । यसमा थप छलफलको आवश्यकता छ । यसमा खासै छलफल भएन’ सचिव श्रेष्ठले भने ।

शिक्षा मन्त्रालयमा विहान  साढे ११ बजेबाट सुरु भएको बार्ता साढे ४ बजे टुंगिएको हो । बार्तामा सरकारका तर्फबाट श्रेष्ठ सहित स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र डा केसीका तर्फबाट डा वाईपी सिंहको नेतृत्वमा अर्को चिकित्सकहरुको टोली थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *