डेङ्गुबाट भारतीय मजदुरको मृत्यु

0
Shares

danguझापा, ५ मंसिर – डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका एकजना भारतीय मजदुरको मृत्यु भएको छ ।दमक–१५ स्थित राजु श्रेष्ठको घरमा मार्बल मिस्त्री काम गरिआएका भारत, सिलगुढी घर भएका ५५ वर्षीय जीवन रायको मृत्यु भएको हो । रायसहित भारतीय मजदुरहरु श्रेष्ठको निर्माणाधीन घरमा अन्य चारजना ज्यालादारी काम गर्दै आएका थिए ।

रायको तीन दिन अघि डेङ्गु सङ्क्रमण जचाउन जाँदा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचार गराउँदा भारतको नर्थवेङ्गाल मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो ।

दमकमा महिना दिनअघिदेखि डेङ्गुको सङ्क्रमण एक्कासि बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार दमक क्षेत्रमा हालसम्म ३०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । तर डेङ्गुबाट मर्ने राय पहिलो व्यक्ति भएको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *