क्यान्सर पीडितका लागि रु एक लाख

0
Shares

paisa

मोरङ, ४ मङ्सिर – पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् ।

टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट सङ्कलित रु एक लाख १५ हजार १२७ शुक्रबार प्रदान गरिएको हो ।

उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरिए पनि क्यान्सर नै भइसकेको भन्दै भारत मुम्बाईको टाटा हस्पिटलले किमोथेरापी विधिबाट उपचार गरिरहेको छ ।

शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १८ लाख बढी रकम खर्च भइसकेको उनका बुबा छत्रबहादुरले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *