कर्मचारी सरुवालाई ब्यवस्थित गर्न भन्दै स्वास्थ्य सेवा विभागद्धारा समिति गठन

bivag1-copy

काठमाडौँ, १८ कात्तिक – कर्मचारीहरुको सरुवालाई व्यवस्थित गर्न भन्दै स्वास्थ्य सेवा विभागले सरुवा व्यवस्थापन समिति गठन गरेको छ । विभागबाट कात्तिक महिनाभर अनमी, अहेव, एचए, स्टाफनर्स,ल्याव असिस्टेन्ट लगायतका नन गजेटेड कर्मचारीहरुको सरुवा हुने गर्दछ ।

विभागले १२ कात्तिकमा गठन गरेको समितिमा उपसचिवद्धय तारा लुईटेल र बीरेन्द्र भारती, शाखा अधिकृतहरु सुरेश खनाल र दिपक रिजाल, नासुहरु बैकुण्ठ रेग्मी, केशव काफ्ले, कृष्ण पौडेल र हेट नारायण रम्तेल रहेका छन् ।

समितिका सदस्य उपसचिव लुईटेलले अहिलेसम्म १ हजार २ सय जति प्यारामेडिक्स र ९ सय जति नर्सिङ समूहबाट सरुवाको लागि निवेदन परेको बताए । उनले त्यसमध्येबाट मापदण्ड पुगेकाहरुलाई छनौट गरि सरुवा गरिने बताए ।

स्वास्थ्य समूहका कर्मचारीहरुको असोज महिनामा मन्त्रालयले, कात्तिक महिनामा विभागले, मंसिरमा क्षेत्रीय स्वास्थ्यले र पुसमा जिल्लाले सरुवा गर्ने नियम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *