म्याद गुज्रेको सिटामोल सहित सिअहेब पक्राउ

0
Shares

hathkadi
राजविराज, १३ कात्तिक – सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६०२ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *