‘मेचीमा शिक्षण अस्पतालको आवश्यकता’

0
Shares

ram-karkiझापा, १३ कात्तिक – सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले मेची अञ्चलमा शिक्षण अस्पतालको आवश्यकता रहेको बताएका छन्।

यहाँ आज साँझ बिएन्डसी शिक्षण अस्पतालको निरीक्षण गर्दै उनले भौतिक मापदण्ड पूरा गरेको अस्पताललाई प्रक्रिया पूरा गरी मान्यता प्रदान गर्नुपर्ने बताए ।

अस्पतालको निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री कार्कीले उक्त अस्पताललाई सम्बन्धन प्रदान गर्न आफ्नातर्फबाट सक्दो पहल गरिने बताए । “पूर्वमा शिक्षण अस्पताल आवश्यक छ” मन्त्री कार्कीले भने–‘ त्यो आवश्यकता पूरा गर्न बिएन्डसीलाई प्रक्रियामा लानुपर्छ ।’

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अस्पतालले पूरा गरेका प्रक्रिया र अहिलेको अवस्थाबारे मन्त्री कार्कीलाई जानकारी गराएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *