नवौँ तहमा नाम निकालेका ६ जना डाक्टरको अन्तरबार्ता रद्ध

काठमाडौँ, १२ कात्तिक – तोकिएको समयभित्र विशेषज्ञ दर्ताको प्रमाणपत्र पेश नगरेको भन्दै लोक सेवा आयोगले नवौँ तहमा नाम निकालेका छ जना डाक्टरको लिखित परीक्षाको नतिजा रद्ध गरेको छ । आयोगले उनीहरुको नाम अन्तरबार्ता सूचीबाट समेत हटाएको जनाएको छ ।

लिखित परीक्षा रद्धहुनेहरुमा अञ्जल विष्ट, अमलबस्नेत,जीवन थापा, मनोजकोइराला, रामकुमार साह र विश्वराज बराल रहेका छन् ।

मेडिसिन समूहको कल्सलटेन्ट जनरल फिजिसियन पदका मागेको दरखास्तको फारम भर्ने मिति भन्दा पछि उनीहरुले विशेषज्ञ दर्ता प्रमाणपत्र बुझाएको आयोगको ठम्म्याई छ । गत कात्तिक १० गतेको निर्णय भन्दै आयोगले आज सूचना जारी गरेको छ ।

cancil

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *