संघीय संरचनामा स्वास्थ्य : सबै पदमा स्वास्थ्य समूहका मात्रै जान सक्ने ऐन बनाउने निर्णय

mohp-copy

काठमाडौँ, ७ कात्तिक – स्वास्थ्य मन्त्रालयले देश संघीय संरचनामा जाँदा स्वास्थ्य सेवा ऐन छुट्टै बनाउनुपर्ने निर्णय गरेको छ । सामान्य प्रशासन मन्त्रालयले प्रदेशको स्वास्थ्य संरचना निजामती सेवा ऐन अन्तर्गत एकीकृत गरी सञ्चालन गर्न सकिन्छ कि सकिदैन भन्ने प्रश्नको जवाफमा मन्त्रालयले स्वास्थ्यको छुट्टै ऐन चाहिने निर्णय गरेको हो । त्यसो त अहिले पनि स्वास्थ्यको छुट्टै सेवा ऐन छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा गरिएको सरोकारवालाहरुको छलफल पछि स्वास्थ्यले छुट्टै ऐन चाहिने निर्णय गरेको हो । छलफलमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती, स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग, औषधि व्यवस्था विभागका महानिर्देशक, मन्त्रालय तथा विभागका महाशाखा प्रमुखहरु तथा टे«ड युनियन तथा पेशागत संगठनका प्रतिनिधीहरुको सहभागीता थियो ।

मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यसंग संघीय संरचनामा जाँदा छुट्टै ऐन चाहिने कि नचाहिने भन्ने बारेमा १३ कात्तिक भित्र जवाफ पठाउन निर्देशन दिएको थियो । सोही अनुसार आज छलफल भएको हो ।

छलफलले अब बन्ने ऐनमा स्वास्थ्य समूहबाटै प्रशासन तथा लेखामा अधिकृतको छनौट गरी पूर्णरुपमा स्वास्थ्य समूहको बनाउनुपर्ने सुझाव दिएको छ । अहिले स्वास्थ्य मन्त्रालयमा झण्डै १५ प्रतिशत कर्मचारी निजामती सेवाका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

6 thoughts on “संघीय संरचनामा स्वास्थ्य : सबै पदमा स्वास्थ्य समूहका मात्रै जान सक्ने ऐन बनाउने निर्णय

  1. धेरै राम्रो निर्णय, स्वास्थ्य संग सम्वन्धीत सबै निकायहरूमा लेखा, प्रशासन तथा स्टाेरमा पनि सबै पदहरुमा स्वास्थ्य सेवाका सबै समूह तथा उप-समूहबाट मात्रै राख्न सकेमा मात्र स्वास्थ्य सेवा ऐन प्रभावकारी हुनेछ ।

  2. धेरै राम्रो निर्णय, स्वास्थ्य संग सम्वन्धीत सबै निकायहरूमा लेखा, प्रशासन तथा स्टाेरमा पनि सबै पदहरुमा स्वास्थ्य सेवाका सबै समूह तथा उप-समूहबाट मात्रै राख्न सकेमा मात्र स्वास्थ्य सेवा ऐन प्रभावकारी हुनेछ ।

  3. wahiyat kura yasma m d gareko doctor lai Prahran account herna le spelist vayeko k kaam ani art account pareko le birami herne ka

  4. साह्रै प्रशंसनिय कार्य,छिटै कार्यन्वयन को कामना!

Leave a Reply to Ram Dular Yadav Cancel reply

Your email address will not be published. Required fields are marked *