विषाक्त खानाको कारण १ सय ३७ विद्यार्थी विरामी

0
Shares

food

कम्बोडिया, ४ कात्तिक –  कम्बोडियाका स्थानीय स्वयमसेवी संस्थाले वितरण खाना खाएपछि एक विद्यालयमा झण्डै १३७ जना विद्यार्थी विरामी भएका छन् । एक प्रहरी अधिकारीले सो समाचारलाई पुष्टि गरेका छन् ।

दक्षिणी कम्बोडियामा पर्ने ताकेओ क्षेत्रमा सो विषाक्त खानाको कारण ती बालबालिका बिरामी परेका जनाइएको छ ।

ट्रम कक जिल्लाका प्रहरी उपप्रमुख सोक सोचेआले दिएको जनाकारी अनुसार गत मङ्गलबार बिहानदेखि विद्यार्थीहरु विरामी पर्न सुरु भएको थियो । उनका अनुसार ती बालबालिकालाई भुटेको भात, मकै, अण्डा, दुध, ससेज र पानी दिइएको थियो ।

बिरामी हुनासाथ विद्यार्थीहरुलाई उपचारकालागि अस्पतालमा लगिएको छ । उनीहरुलाई वितरण गरिएको खाना पनि परिक्षणका लागि सम्वन्धित ठाउँमा पठाइएको बताइएको छ । रासस /सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *