अस्पतालको आइसियु कक्षमा आगलागी, २३ को मृत्यु

hospital

नयाँदिल्ली, २ कात्तिक –  पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो ।

‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु)आगलागी भएको हो ।
आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। “उडिसामा भएको घटनाबाट म मर्माहित भएको छु,” मोदीले ट्विीटरमार्फत बताएका छन्। रासस/ सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *