त्रिवि आइओएममा को बरिष्ठ ? कसलाई बनाउने डीन ?

काठमाडौँ, १८ असोज – सबैभन्दा बरिष्ठले मात्रै उपल्लो पद पाउनुपर्ने डा. गोविन्द केसीको नियम सुरु भएपछि त्रिवि आइओएममा फेरी एकपटक बरिष्ठताको बसह सुरु भएको छ । तर को बरिष्ठ भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन् । प्राध्यापकहरुले उपल्लो पद पड्काउन आफू अनुकुल व्याख्या गरेका छन् । त्यसमा डा गोविन्द केसी समेत अछुतो छैनन् ।

यतिवेला आइओएमका प्राध्यापकहरुले बरिष्ठता चारवटा मोडल अघि सारेका छन् । एउटा मोडल सुरु नियुक्ति, अर्को मोडल प्राध्यापकमा पदोन्नती, तेस्रो मोडल डिपार्टमेन्टको सिनियर, अर्को मोडल सहायक प्राध्यापकमा बढुवा आदि । तर नेपाली हेल्थलाई दुईवटा मोडलको सूची प्राप्त भएको छ ।

आइओएम कर्मचारी प्रशासन शाखाले उपलव्ध गराएको विबरण अनुसार सुरु नियुक्तिको आधार हेर्दा सबैभन्दा बरिष्ठ प्राडा जीवन शेरचन देखिन्छन् । तर प्राध्यापकहरुमा बढुवा भएको आधार खोज्ने हो भने प्राडा अरुण सायमी अहिले एक नम्बरमा छन् ।

तर बरिष्ठताका आधारमा डीन नियुक्तिको माग गर्दै आएका डा केसीका लागि दुबै व्यक्ति अयोग्य हुन् । डा जीवन शेरचनको बारेमा खासै चर्चा नचलेपनि प्राध्यापकमा बढुवा हुनेहरुमध्येबाट प्राडा सायमी प्राडा राकेश श्रीवास्तव पछिका बरिष्ठ प्राध्यापक हुन् । तर केसीले डा सामयीको विवादास्पद छवी भएको बताउने गरेका छन् ।

प्राध्यापक बढुवाको आधारमा सायमी पछि दोस्रो बरिष्ठ प्राध्यापक डा जगदीश अग्रवाल छन् । तर डा केसीको पहिलो नम्बरको रोजाईमा रहेका अग्रवाललाई गत असारमा अख्तियारले अनुचित कार्य अन्तरर्गत कारबाही गर्न भन्दै त्रिविलाई पत्र पठायो । जुन मुद्धा अहिले पनि सर्वोच्च अदालतमा रहेको छ । गण्डकी मेडिकल कलेजको सिट निर्धारण प्रकरणमा आर्थिक चलखेल गरेको उनीमाथि आरोप छ ।

उता डीन बन्ने लाइनमा सक्रियताका साथ लागेका अर्का प्राध्यापक डाक्टर करबीर नाथ योगी प्राध्यापक बढुवाको हिसावले ४७ औ क्रममा छन् । तर सुरु नियुक्तिको आधार हेर्ने होभने तेस्रो नम्बरमा छन् । सुरु नियुक्तिको आधारमा अग्रवालको क्रम खोज्दा २९ औ क्रममा समेत उनी पर्दैनन्

हेरौँ क्रमसंख्या र गरौँ मुल्यांकन, को रहेछ बरिष्ठ ?

प्राध्यापक बढुुवाको आधारमा को अगाडी ?

baristha-tu-copy-copy

tu-baristha-1-copy

सुरु नियुक्तिको आधारमा को अगाडी ?

tu-baristha-2-copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *