निजी मेडिकल कलेज एसोशिएसनको अध्यक्षमा डा. सुरेश कनोडिया

dr-suresh-1

काठमाडौँ १७ असोज – निजी मेडिकल कलेजहरुको छाता संगठन एशोसिएशन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको अध्यक्षको जिम्मेवारी डाक्टर सुरेश कनोडियाले पाएका छन् ।

एसोसिएशनका अध्यक्ष डाक्टर भोला रिजालले पदबाट राजिनामा दिएपछि उक्त जिम्मेबारी कनोडियाले पाएका हुन् ।

नेपाल मेडिकल कलेजका अध्यक्ष तथा ओम अस्पतालका सञ्चालक समेत रहेका डाक्टर रिजालले एसोसिएसनलाई समय दिन नसक्ने भन्दै राजिनामा दिएका थिए ।

उनले शनिबार एशोशिएसनको बैठक राखि अध्यक्षको जिम्मेवारी कनोडियालाई दिएका हुन् । नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक कनोडिया संस्थापक अध्यक्ष समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *