एम्बुलेन्स सञ्चालनका लागि सहयोग
गुल्मी, १५ असोज – निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मी मार्फत एम्बुलेन्स सेवा सञ्चालनका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग रकम थपिँदै गएको छ ।
उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट रु १३ लाख अर्थ सहयोग सङ्कलन भएको छ ।
जिल्लाको पश्चिम क्षेत्र अर्थात् दुर्गम इलाकामा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भएकाले जनताको स्वास्थ्योपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष मोहन घिमिरेले जानकारी दिए। रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




