एम्बुलेन्स सञ्चालनका लागि सहयोग
गुल्मी, १५ असोज – निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मी मार्फत एम्बुलेन्स सेवा सञ्चालनका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग रकम थपिँदै गएको छ ।
उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट रु १३ लाख अर्थ सहयोग सङ्कलन भएको छ ।
जिल्लाको पश्चिम क्षेत्र अर्थात् दुर्गम इलाकामा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भएकाले जनताको स्वास्थ्योपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष मोहन घिमिरेले जानकारी दिए। रासस