चरिकोट प्रकरण : अमानवीय माफी मागेको बिषयमा चिकित्सक संघद्धारा गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ, १२ असोज – चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीलाई अमानवीय ढंगबाट माफि मगाएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
घटना भएको ६ दिनपछि संघले मानव अधिकार आयोगमा समेत लिखित उजुरी दिएको छ । संघको प्रतिनिधी मण्डलले बुधवार गृहमन्त्री बिमलेन्द्र निधीलाई भेट गरी चरिकोट अस्पतालमा प्रशासक कै अगाडि चिकित्सक तथा स्वास्थ्य कर्मी माथि अमानवीय दुव्र्यवहार भएको भन्दै घटनाको छानबिन गरी दोषी माथि कारबाही गर्न माग गरेको छ ।
त्यस्तै आजै राष्ट्रिय मानव अधिकार आयोगलाई समेत चरिकोट घटनाबारे जानकारी गराइएको संघका महासचिव डा लोचन कार्कीले बताए ।
उनले संघको एउटा टोली मंगलबारनै चरिकोट पुगी घटनाको सत्य तथ्य बुझिरहेको जानकारी दिए । ‘चरिकोट घनाका बारेमा संघ मौन बस्यो भन्ने करा आइरहेको छ । जुन सत्य होइन हामी यो घटनालाई नजिकबाट हेरिरहेका छौँ ।’ यद्यपि उनले नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण नहुँदा काममा केही अलमल रहेको बताए ।
डा. कार्कीले मानवअधिकार आयोग र स्वास्थ्य मन्त्रालयले चरिकोट घटना छानबीन गर्न भोलीनै त्यसतर्फ छुट्टा छुट्टै टोली पठाउन लागेको समेत जानकारी दिए ।
गत ७ असोजमा झाडापखालाबाट ग्रसित अढाइ बर्षे बालक महादेव रिजालको मृत्यु भएपछि आफन्त तथा अभिभावकले चिकित्सक तथा स्वास्थ्य कर्मीको लापरवाहीले बच्चाको ज्यान गएको भन्दै सार्वजनिक रुपमा माफी मगाएका थिए ।
माफी मगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चिकित्सकहरुको बिभिन्न संस्थाले आपत्ति ब्यक्त गर्न थालेका हुन् ।
अराजक बिचार र चिन्तनको कारणले नेपाल राष्ट्र र नेपाली जनतालाई ढुङ्गे युगमा पुर्याउने छ। सत्य तत्थय उजागरण हुने गरि छनबिन गर्न कोहि तयार छैनन्।
बिरामी बनाउने बाउ-आमा नै सबै भन्दा दोषि हुन्। बिरामी बनाएर किन अस्पताल लगेको नि? आफै बिरामी बनाउने अनि अरुलाई दोष दिने?