गर्भवती महिलामा ‘जिका भाइरस’ भेटियो

jika

मनिला, १० असोज –  फिलिपिन्समा एक गर्भवती महिला ‘जिका भाइरस’बाट प्रभावित भएको सोमबार जनाइएको छ ।

यस प्रकार गर्भवती महिला जिका भाइरसबाट प्रभावित भएको फिलिपिन्समा पहिलो पटक देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

गर्भवती महिला जिका भाइरसबाट प्रभावित हुनु गर्भस्थ शिशुलाई खतरा पुग्नु मानिन्छ ।

यसै क्रममा फिलिपिन्सका जनस्वास्थ अधिकारीले एउटा जरुरी सूचना जारी गरी सबै गर्भवती महिला तथा सर्वसाधारण जनतालाई लामखट्टेबाट जोगिन सचेत गराएका छन् ।

यस महिना फिलिपिन्सभरी एउटी गर्भवती महिलासहित १२ जना व्यक्ति जिका भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य सचिव पाउलीनले युबाएलले जानकारी दिएका छन् ।

सेबु प्रांन्तको केिन्द्रय द्विप क्षेत्रमा बसोवास गर्दै आएकी २२ वर्षीया ती गर्भवती महिलाको १९ हप्ताको गर्भ रहेको र गर्भस्थ बालक उनको पहिलो सन्तान भएको बताइएको छ ।

बच्चा जन्म नभएसम्म ती गर्भवती महिलालाई नियमित स्वास्थ परीक्षण र जिका भाइरस निगरानीमा राखिने पनि स्वास्थ्य विभागले जानकारी दिएको छ ।

जिका भाइरसबाट प्रभावित गर्भवती महिलालाई ‘माइक्रोसेफाली’ भन्ने रोग लाग्ने हुँदा उनीबाट मस्तिष्क र टाउको असाधारण रुपले सुकेको शिशु जन्मने गरेको पाइएको छ ।

फिलिपिन्समा यस महिनामा जिका भाइरसबाट प्रभावित १२ व्यक्ति मध्ये ९ देखि ५५ वर्षसम्म उमेरका आठजना महिला रहेका जनाइएको छ । रासस /एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *