जिल्लाका चिकित्सकको गतिविधि केन्द्रबाटै निगरानी गर्ने तयारी

bivag1-copy

काठमाडौँ, ७ असोज – स्वास्थ्य सेवा विभागले जिल्लामा रहेका चिकित्सकहरुको गतिविधि केन्द्रबाटै निगरानी गर्ने तयारी गरेको छ । विद्युतीय हाजिरीसंगै रियलटाइम प्रोजेक्टरबाट चिकित्सकको निगरानी गर्न खोजिएको हो ।

विभागकी निमित्त महानिर्देशक डा. पुष्पा चौधरीले क्षेत्र, जिल्लाका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकहरुको उपस्थिति तथा गतिविधीलाई निगरानी गर्न अस्पतालमा रियलटाइम उपकरण जडान गर्ने र त्यहाँको गतिविधी मन्त्रालय तथा विभागबाट समेत हेर्न मिल्ने गराउन लागिएको बताइन् ।

उनले केन्द्रलाई आफ्ना चिकित्सक जिल्लामा छन भन्ने लाग्ने तर जिल्लाका चिकित्सक कार्यक्षेत्रमा नहुने समस्या बढेपछि यस्तो व्यवस्था गर्न लागिएको बताइन् ।

‘एनएचएसएसपीलाई त्यसको तयारी गर्न भनेका छौँ, हाम्रो योजना देशभरका अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिकित्सक छन् छैनन्? कत्तिको काम गरेका छन् ? गयल छन् की ? भन्ने बारेमा निगरानी बढाउनु हो । रियलटाइम फिट गरेपछि आजको दिनमा कुन अस्पतालमा कति डाक्टरले कसरी सेवा दिएको छ भन्ने कुरा हामीले यहीबाट जानकारी लिन सक्छौँ,’ महानिर्देशक डा. चौधरीले भनिन् । ‘जिल्ला तथा क्षेत्रमा खटिएका चिकित्सकहरुको बास्तविक तथ्यांक समेत आउनसक्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *