स्वास्थ्य चौकीका लागि जग्गा प्रदान

0
Shares

jagga

गुल्मी, ४ असोज –  गुल्मीका एक व्यक्तिले स्वास्थ्य चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा प्रदान गरेका छन् ।

जिल्लाको जैसिथोकस्थित स्वास्थ्य चौकीको भवन निर्माणका लागि समाजसेवी एवम् नेपाली काँग्रेस, गुल्मीका जिल्ला कार्यसमितिका सदस्य गोपाल थापामगरले रु १२ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा निःशुल्क रुपमा स्वास्थ्य चौकीलाई प्रदान गरेका छन्।

थापाले सोमबार एक कार्यक्रमबीच सो जग्गा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेललाई प्रदान गरेका छन् । स्वास्थ्यको पहुँच सर्वसाधारण नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य चौकीलाई जग्गा प्रदान गरेको जग्गादाता थापाले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *