चुरोट पिउने महिलालाई बाँझोपनको खतरा !

smoking

एजेन्सी – चुरोट पिउने महिलालाई बाँझोपनको खतरा अधिक रहेको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको रोजवेल पार्क क्यान्सर इन्टिच्युटले गरेको सो अध्ययनले चुरोट पिउँदा महिलाको प्रजनन् ग्रन्थीमा पुग्ने निकोटिनले नकारात्मक असर पारी प्रजनन् क्षमतामै ह्रास ल्याउने उल्लेख छ ।

त्यस्तै हार्मोेनको सन्तुलनमा समेत गडबढी उत्पन्न हुँदा महिलाहरुको महिनाबारीमा समेत गम्भीर असर पार्ने उल्लेख छ ।

अध्ययनका लागि इन्टिच्युटले वल्र्ड हेल्थ इनिशिएटिव अब्जरवेशनल स्टडी ( डव्लुएचआईओएस)को सहयोग लिएको थियो । डव्लुएचआईओएसले सो अध्ययनका लागि ९३ हजार महिला सहभागी गराएको थियो ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, चुरोट पिउने ( एक्टिभ स्मोकर्स) मात्रै होइन, पिउनेको नजिकै बसेको अर्थात (प्यासिभ स्मोकर्स)लाई समेत उस्तै असर पर्छ ।

त्यसैले यदि गर्भवती महिलाको श्रीमान्ले नजिकै बसेर चुरोट पिउछन भने त्यसको असर उनको गर्भवती श्रीमतीलाई मात्रै होइन पेटमा हुर्कदै गरेको सन्तानलाई पनि सजिलै पर्नसक्छ ।

अनुसन्धानले धूमपान गर्ने महिलाको महिनाबारी समयभन्दा दुई चार बर्ष अघि नै रोकिन सक्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *