सिङ्गापुरका प्रधानमन्त्री भाषण गर्दागर्दै बिरामी

84
Shares

li sen

सिङ्गापुर, ५ भदौ –  सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ आइतबार एक सार्वजनिक समारोहमा भाषण गर्दागर्दै बिरामी भई लडेको समाचारमा जनाइएको छ ।

उनले राष्ट्रिय दिवसका अवसरमा आइतबार सम्बोधन गर्दै थिए । सो क्रममा उनी अकस्मात ढलेका थिए ।

उनका सहयोगीहरूले उनलाई कार्यक्रमस्थलबाटै तत्कालै अस्पताल पु¥याएका थिए । तर उनको अवस्था भने गम्भीर नरहेको जानकारी चिकित्सकहरूले दिएका छन् ।

राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सो सम्बोधन टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको थियो ।

ली सन् २००४ देखि सत्तामा छन् । उनी सिङ्गापुरका संस्थापक नेता ली क्वान यीका छोरा हुन् । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *