नेपाली समाज सिङ्गापुर पनि धूम्रपान रहित समाज निर्माणमा सक्रिय

tara
सिङ्गापुर, ५ भदौ –  नेपाली समाज सिङ्गापुरले सिङ्गापुर र त्यस आसपासका देशहरुमा धूम्रपान रहित समाज निर्माणको कल्पना गरेको छ ।

सिङ्गापुरमा आज एक कार्यक्रम गर्दै समाजले धूम्रपान रहित निर्माणको परिकल्पना अघि सारेको हो । कार्यक्रमा बोल्दै नेपाली समाजका सिङ्गापुरका अध्यक्ष बिश्वप्रकाश गिरीले सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणले गर्दा कैयौं ब्यक्तिको अकाल ज्यान जानबाट जोगिने भन्दै धूम्रपान रहित समाज निर्माण गर्नुपर्ने बताए ।

उनले धूम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन र नियन्त्रण गर्न आफ्नो र संस्थाको तर्फबाट कामहरु भइरहेको बताए ।

त्यसो त नेपाली समाज सिङ्गापुरले बिभिन्न ब्यक्तित्व तथा संघ संस्थाहरुसंग मिलेर धूम्रपान गर्नेलाई छाड्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु यस अघि देखिनै गर्दै आइरहेको छ ।

यसै कार्यक्रम मार्फत नेपाली समाज सिङ्गापुरका चार सदस्यहरु भिम गुरुङ, राजु शर्मा, माधव महर्जन र घनश्याम अर्यालले धूम्रपान त्याग्ने र सूर्तीजन्य पदार्थ रहित समाज निर्माण गर्ने कार्यमा लागिरहेको प्रतिज्ञा जाहेर गरे ।

कार्यक्रमको ‘द यूनियन’ का डेपुटी रिजनल डाइरेक्टर डा. तार सिंह बामले प्रशंसा गरे । उनले सूर्तीजन्य पदार्थ नियन्त्रण रोग र मृत्यु घटाउने प्रमुख उपाय रहेको बताए । समाजले नेपाल र सिङ्गापुरलाई सूर्तीजन्य पदार्थ र नसर्ने रोग (एन.सी.डी) को नियन्त्रणमा प्रमुख भूमिका खेल्नु पर्ने पनि औंल्याए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *