भारतीय विपक्षी नेत्री गान्धी अस्पताल भर्ना

soniya

नयाँ दिल्ली, ३ भदौ –  भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएको समाचार छ । उनी राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना भएको समाचारमा जनाइएको छ ।

उनी पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको समाचारमा जनाइएको छ ।

भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उनी उपचारका लागि केही दिन बस्नुपर्ने भएको ती चिकित्सकले जनाएका छन् ।

सो अस्पतालका एकजना चिकित्सकले आफ्नो नाम नबताउने शर्तमा भने– हामीले उनलाई अस्पताल भर्ना गरेका छौँ र उनलाई फिजियोथेरापी गराउनुपर्ने भएको छ ।

उनले गान्धीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको जानकारी पनि दिए । तर रोगका बारेमा भने विस्तृतमा केही बताएका छैनन् ।

उनलाई गत आइतबार मात्र सोही अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनलाई हातमा घाउ भएकोले चोटको फिजियोथेरापी गराइएको थियो ।

उनी पुनः सोही अस्पतालमा बिहीबार साँझ भर्ना भएपछि उनको स्वास्थ्यप्रति चिन्ता बढेको पाइएको छ । सोही कारण अस्पताल परिसरमा ठूलो सङ्ख्याका नागरिकको भिड लागेको छ ।

उनको पाखुराको हाड चर्किएको पाइएको चिकित्कको भनाई छ । सोही कारणले ज्वरो आएको भन्दै गत हप्तामात्र उनलाई सोही अस्पतालमा भर्ना गरिएकोमा १० दिनको अस्पताल बसाई पछि आइतबार डिस्चार्ज गरिएको थियो।

बिहीबार उनलाई भर्ना गरिएको र उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको सो अस्पतालका चिकित्सकले जनाएका छन् ।

उनले भने– फिजियोथेरापी सुरु गरिएको छ, ज्वरो आउने वा त्यस्तो कुनै गाह्रो भने भएको छैन । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *