माइकल आर ब्लुम्बर्ग बने ‘एनसीडी ग्लोबल एम्बेस्डर’

जेनेभा ३ भदौ – अमेरिकास्थित न्युयोर्क शहरका पूर्व मेयर तथा समाजसेवी माइकल आर ब्लुम्बर्ग नसर्ने रोग रोकथामका लागि ‘एनसीडी ग्लोबल एम्बेस्डर’ नियुक्त भएका छन् । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले गत बुधबार व्लुम्बर्गलाई ग्लोबल एम्बेस्डरमा नियुक्ती गरेको हो ।

माइकल आर ब्लुम्बर्ग
माइकल आर ब्लुम्बर्ग

समाजसेवीका रुपमा परिचित व्लुम्बर्ग तीन पटक सम्म न्युयोर्क शहरको मेयर बनेका व्यक्ति हुन् । पछिल्लो सम

य भने उनी नसर्ने रोगको प्रमुख कारक मानिने सुर्तिजन्य पदार्थ प्रयोग नियन्त्रण गर्ने तथा चोटपटक नियन्त्रणको काममा डव्लुएचओसंग सहकार्य गर्दै आएका थिए ।

डव्लुएचओका महानिर्देशक डा. मार्गरेट चान भन्छन, ‘माइकल व्लुम्बर्गले डव्लुएचओलाई सुर्तिजन्य पदार्थको रोकथाम, सडक सुरक्षाका विषयमा सहयोग गर्दै आएका छन् । त्यसैले म उनलाई एनसीडी ग्लोबल एम्बेस्डरको रुपमा छनौट गर्न पाउदा ज्यादै हर्सित भएको छु ।’

उनले व्लुम्बर्ग एम्बेस्डर भएपछि नसर्नेरोग तथा सडक दुर्घटना रोकथामका लागि अझ प्रभावकारी रुपमा काम हुने बताए ।

डव्लुएचओका अनुसार व्लुम्बर्ग राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका राजनीति नेतृत्व, नेता, सहयोगकर्ता, निजी स.स्था आदिसंग सहकार्य गरि नसर्ने रोग र चोट पटक रोकथाम कम गर्ने विषयमा काम गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *