सरकारी अस्पतालमा बिरामीको चाप बृद्धि
नेपाली हेल्थ २०७३ साउन २२ गते ११:२८ 0 चितवन, २२ साउन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् ।
भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् । अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् ।
अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए ।
बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् ।
यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए ।
अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ ।
जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
सम्पर्क इमेल : [email protected]
-
नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा डा. गोपालकुमार चौधरी नियुक्त
-
स्वास्थ्य मन्त्रीले उद्घाटन गरेपछि भरतपुर अस्पतालको ट्रमा सेन्टर आजबाट औपचारिक रुपमा सञ्चालनमा
-
सह-प्राडाद्धय चालिसे र सेडाईं बने त्रिवि शिक्षण अस्पतालको उप-निर्देशक
-
सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार
-
बिरामी बोक्ने एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
-
-
सरकारद्धारा स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा निकायको ‘ओएनएम’ गर्न पूर्व स्वीकृति प्रदान
-
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७५.२५ प्रतिशत उत्तीर्ण
-
नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई व्यापारिक प्रचार–प्रसारमा नाम, फोटो नराख्न आग्रह
-
सरकारी पक्षसंग तीन बुँदे सहमति पछि औषधी व्यवसायीको आन्दोलन स्थगित (सहमतिका बुँदा सहित)
-
सह-प्राडाद्धय चालिसे र सेडाईं बने त्रिवि शिक्षण अस्पतालको उप-निर्देशक
-






