सरकारी अस्पतालमा बिरामीको चाप बृद्धि
नेपाली हेल्थ २०७३ साउन २२ गते ११:२८ 0 चितवन, २२ साउन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् ।
भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् । अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् ।
अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए ।
बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् ।
यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए ।
अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ ।
जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
सम्पर्क इमेल : [email protected]
-
स्वदेशी चुरोट कम्पनीलाई लाभ हुने गरी अर्थ मन्त्री वाग्लेले बजेटमा भनेका थिए ‘चुरोटमा १० प्रतिशत कर बढाएका छौँ’
-
भारतबाट मात्रै थप ४ हजार भाइल ‘कार्वोप्लाटिन इन्जेक्सन’ ल्याउँदै आयातकर्ता
-
चुरोट कम्पनीको ‘टाइटल स्पोन्सर’ भएको कार्यक्रममा प्रमुख अतिथि बन्दै निवर्तमान प्रधानमन्त्री सुशीला कार्की
-
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वले भेट्यो स्वास्थ्य मन्त्री, राख्यो १६ बुँदे माग
-
औषधी व्यवस्था विभागमा स्वास्थ्य मन्त्री मेहताको ‘छड्के’
-
-
अतिरिक्त स्वास्थ्य सचिवका लागि डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्माको नाम सिफारिस
-
काठमाडौँमा निशुल्क क्यान्सर परीक्षण शिविर, प्राविधिक सहयोग लिएर आयो भक्तपुर क्यान्सर अस्पतालको टोली
-
स्वास्थ्य बीमा बोर्डका सम्पूर्ण सामग्रीको ढुवानी तथा वितरण अब हुलाकबाट
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न ११३ जनाको आवेदन
-
‘बाँडिएन पुरस्कार, बढेन कर : नसर्ने रोगको झन् बढ्यो डर’
-






