सरकारी अस्पतालमा बिरामीको चाप बृद्धि
चितवन, २२ साउन – चितवनको सरकारी अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनि बढ्दै गएका हुन् ।
भरतपुर अस्पतालबाट गएको एक वर्षमा दुई लाख ३१ हजार ३३९ जना बिरामीले सेवा लिएका छन् । अस्पतालले दिएको जानकारीअनुसार अघिल्लो आवभन्दा गएको आवमा १६ हजार ४५५ जना बढी बिरामीले अस्पतालबाट उपचार सेवा लिएका हुन् ।
अघिल्लो आव दुई लाख १४ हजार ८८४ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा सबैभन्दा बढी बहिरङ्ग विभागबाट एक लाख ५३ हजार ९७६ जना बिरामीले उपचार सेवा लिएको अस्पतालको अभिलेख शाखाका कर्मचारी नारायण रिजालले जानकारी दिए ।
बहिरङ्ग विभागमा गत वर्षभन्दा आठ प्रतिशतले बिरामी बढेका छन् । यस्तै अस्पतालको आकस्मिक कक्षबाट गत आव २८ हजार ४५२ जनाले सेवा लिएका छन् ।
यस्तै प्रतिरोधात्मक सेवा चार हजार ५५२ अन्य सेवा पाँच हजार ९९६ जनाले लिएको रिजालले जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले सेवा स्तरीय भएकाले यस वर्ष अस्पतालमा अझै बिरामीको चाप बढ्दै गएको बताए ।
अस्पतालको ‘ए’ ब्लक भवन बनेसँगै श्ययाको सङ्ख्या अस्पतालको ४५० बाट बढेर ६०० पुगेको छ । अस्पतालमा सिटीस्क्यान सेवा, आइसियु १० बेडबाट बढेर २८ श्यया, एनआइसियु सेवा थप, छ वटा अत्याधुनिक अप्रेसन थ्रिएटर कक्ष, सुविधा सम्पन्न क्याबिन बनाइएको छ । भरतपुर अस्पतालमा यसै वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना भएको छ ।
जिल्लामा भरतपुर अस्पतालसँगै दुई वटा मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल र अन्य दुई दर्जन जति स्तरीय अस्पताल छन् । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
-
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
-
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. प्रवीण श्रेष्ठ
-
नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता
-
काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
सरकारी डाक्टरले निजीमा पनि काम गर्छु भनेर विज्ञापन गर्न कानूनी तथा नैतिक रुपमा मिल्छ ? तपाईँलाई के लाग्छ ?
-
-
स्वास्थ्यले गर्यो नवौँ र दशौँ तहका १० जना चिकित्सकको सरुवा तथा पदस्थापन
-
यी हुन् मानसिक तनाव घटाउने १० उपाय
-
माननीय मन्त्री ज्यू, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीको पाँच सुरक्षामा ध्यान दिनुहोला’
-
‘स्वास्थ्य उपचारमा सबैभन्दा छिटो प्रगति गरेको सरकारी स्वास्थ्य संस्था – प्रत्यारोपण केन्द्र’
-
बर्दिया अस्पतालले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा
-