बाढीपीडितलाई निःशुल्क स्वास्थ्य शिविर

0
Shares

राजविराज, २१ साउन –  बाढीपीडितलाई लक्षित गरी जिल्लाका तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

धर्मी हल्फा महिला विकास क्लब, लालापट्टि, सप्तरीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा हेल्प लाइन नेटवर्क काठमाडौँ र मेडिकेयर तथा ओम हस्पिटल काठमाडौँका १२ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सो स्वास्थ्य शिविरमा सेवा प्रदान गरिरहेको बताइएको छ ।

रुघाखोकी, पखाला, ज्वरो र टाइफाइडजस्ता रोगबाट कष्टकर जीवन बिताउँदै आएका बाढीपीडितका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा डाक्टरले स्वास्थ्य सेवा प्रदान गरिरहेको धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष सूर्यनारायण यादवले जानकारी दिए ।

विहिबारदेखि तीन दिनसम्म चल्ने सो शिविरमा स्वास्थ्य सेवाका साथै औषधि र साबुनसमेत निःशुल्क उपलब्ध गराइने बताइएको छ । एक साताअगाडि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले सप्तरीको रम्पुरा मल्हनिया, तिलाठी, सकरपुरा, कोइलाडी मधेपुरा, कोइलाडी बर्साइन, लौनिया, हनुमाननगर, भारदह लगायतको दर्जनौँ गाविस बाढीबाट प्रभावित भएका थिए ।

सो बाढीको पानी दूषित भएर अधिकांश ठाउँमा बिरामी परेपछि उनीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिएको क्लबका अध्यक्ष यादवले बताए । – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *