बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटललाई ३०० शैयाको अनुमति

0
Shares

b & cझापा १२ साउन – बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय शैयाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ ।

स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० ९पहिलो संशोधन २०७१० बमोजिम मन्त्रिस्तरीय निर्णयबाट तीन सय शैया सञ्चालनको अनुमति पाएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिए ।

अस्पताल परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक प्रसार्इंले पूर्वमै पहिलोपटक नीजि क्षेत्रमा बी एन्ड सीले यति धेरै शैयाको अस्पतालको स्वीकृति पाएको दाबी गरे ।

विसं २०७१ फागुन १८ गते उद्घाटन भई सोही वर्ष चैत ८ गतेदेखि सेवा प्रारम्भ गरेको अस्पतालले सरकारले तोकेका भवन संहितालगायतका प्राविधिक मापदण्ड पूरा गरेको पनि दाबी गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *