बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटललाई ३०० शैयाको अनुमति
झापा १२ साउन – बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय शैयाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ ।
स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० ९पहिलो संशोधन २०७१० बमोजिम मन्त्रिस्तरीय निर्णयबाट तीन सय शैया सञ्चालनको अनुमति पाएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिए ।
अस्पताल परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक प्रसार्इंले पूर्वमै पहिलोपटक नीजि क्षेत्रमा बी एन्ड सीले यति धेरै शैयाको अस्पतालको स्वीकृति पाएको दाबी गरे ।
विसं २०७१ फागुन १८ गते उद्घाटन भई सोही वर्ष चैत ८ गतेदेखि सेवा प्रारम्भ गरेको अस्पतालले सरकारले तोकेका भवन संहितालगायतका प्राविधिक मापदण्ड पूरा गरेको पनि दाबी गरेको छ । रासस
सम्पर्क इमेल : [email protected]