चिकित्सक संघको मौनता प्रति आवासीय चिकित्सकको आपत्ति

0
Shares

काठमाडौँ, ८ साउन – डा. गोविन्द केसीको अनसन बारेमा नेपाल चिकित्सक संघले मौनता प्रकट गरेको भन्दै आवासीय चिकित्सकहरुको तीनवटा संस्थाले आपत्ति प्रकट गरेको छ ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोसियसन, रेजिडेन्स एसोसियसन अफ नेपाल र जुनियर रेजिडेन्ट वेलफेर सोसाइटीले आज साझ सयुक्त विज्ञप्ती निकाली आपत्ति प्रकट गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, विगत १४ दिन देखी मेडिकल शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाको मुख्य माग राखी अनसन बस्नु भएका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भइरहँदासमेत एनएमएको मौनताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

एसोसियसनले ठोस धारणा र सर्घषका कार्यक्रम अघि सार्न समेत अनुरोध गरको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *