डा. केसी र सरकार पक्षबीचको बार्ता किन लम्बियो ?
काठमाडौँ, ७ साउन – बार्ताको पहिलो दिन अर्थात विहीबार नै सहमति नजिक पुगिसकेको बताएका बार्ताटोली सदस्यहरुले शुक्रबार दिउसो भने केही बताउन सकेनन् । बेलुका पौने आठ बजे देखी पुन स्वास्थ्य मन्त्रालयमा बार्ता चलिरहेको छ । यो समाचार तयार पार्दासम्म केही निर्णय आइसकेको छैन् ।
बार्ताटोलीका एक जना सदस्यका अनुसार अन्य वुदा सहमति नजिक पुगेपनि तेस्रो नम्वर बुदामा रहेको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधियेकमा कुरा मिलेको छैन् ।
डा. केसी पक्षले संसदमा दर्ता भएको विधियेक फिर्ता लिनुपर्ने अडान लिएको छ भने । सरकारीटोलीले संसदमा दर्ता भइसकेको विधियेकको बारेमा आफूहरुको अधिकार नहुने बताउदै आएका छन् ।
उनीहरुले अख्तियार प्रमुख केस, चिकित्सा शिक्षा विधियेकको केश जस्तै मनमोहनको केश पनि संसद जिम्मेबार भएको भन्दै आएका छन् ।
स्रोतका अनुसार केही मध्यस्तकर्ताले अडकिएको मनमोहनको विषयलाई सरकारी कलेजको रुपमा रुपान्तरण गर्ने प्रस्ताव समेत राखेका थिए ।
तर डा. केसीले काठमाडौँमा न निजी न सरकारी १० बर्षसम्म कुनै कलेज खोल्न पाइदैन भनेर कडकिएपछि सबै चुप लागेका छन् । शुक्रबार दिउसोको बार्ता पनि सोही कुुरामा अडकिएको छ ।
मध्यस्तकर्ताले मनमोहनका विषयलाई कसरी टुग्याउने भन्ने विषयमा नै केसी पक्षले स्पष्ट धारणा नराखेको आरोप लगाएको छ भने केसी पक्षले सरकारले फेरी पनि मागका विषयमा गम्भीर्यता नलिएको बताएको छ ।
यद्धपी अहिले पनि मन्त्रालयमा बार्ता जारी भएकोले निकास आजै निस्कदैन भनिहाल्न पनि मिल्दैन
सम्पर्क इमेल : [email protected]