शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार, दुई दिन पछि घर फर्कदै

0
Shares

sasanka koirala

काठमाडौँ, २ साउन – नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार आएको छ । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार अबको दुई दिन पछि महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज हुनेछन् ।

डा. हरिश जोशीले भने “अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो ।” डा. जोशीले दुई दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि उहाँलाई घर पठाइने जानकारी दिए ।

महामन्त्री कोइरालाले साधारण खानपान गरेका छन् । उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा. जोशीले बताए । कोेइराला गत असार २१ गते ओम अस्पतालमा भर्ना भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *