हेपाटाइटिस ‘बी’ को भाइरल परीक्षण नेपालमै

काठमाडौँ ,२९ असार – हेपाटाइटिस ‘बी’ को भाइरल लोड परीक्षण अर्थात् रगतमा जीवाणुको मात्रा कति छ भनेर थाहा पाउने परीक्षण अब नेपालमै हुने भएको छ ।

नेपालको एकमात्र केन्द्रीय प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हेपाटाइटिस ‘बी’ को ‘एबिभी’को भाइरल लोड परीक्षण हुने प्रविधिको सफल परीक्षण भइसकेको प्रयोगशालाका माइक्रो बायोलोष्टि सुन्दर खड्काले जानकारी दिए।

यसअघि यो जाँचका लागि भारतको भरपर्नुपथ्र्यो । खड्काले भने, “पहिले एचआइभी र हेपाटाइटिस ‘सी’ को मात्र भाइरल लोड मात्र परीक्षण हुने गर्दथ्यो भने अब हेपाटाइटिस ‘बी’को पनि भाइरल लोड परीक्षण गर्न हामीले दक्ष जनशक्ति र प्रविधि उत्पादन गरिसकेका छौँ । त्यसका लागि बाहिरी देश जानुपर्ने बाध्यता टरेको छ ।”

उनकाअनुसार सामान्यत रगतमा जीवाणुको मात्रा जति कम भयो उति राम्रो मानिन्छ यो जाँचबाट बिरामीको अवस्था, औषधिले काम गरेको छ छैन भनेर पत्ता लगाई थप उपचार गर्न सहयोग पुग्छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित पूर्ण स्वचालित मेसिनको सहायताले दक्ष जनशक्तिबाट उक्त जाँच भइरहेको उनले बताए । – रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *