उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चरिकोट स्वास्थ्य केन्द्रमा तनाव

दोलखा, २२ असार – प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा एक बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–१० चोथाङकी ४९ वर्षीया धनलक्ष्मी तामाङको मृत्यु भएको हो । आज केन्द्रले ठीक भयो भनि घर फर्काउने तयारी गर्दैगर्दा धनलक्ष्मीको मृत्यु भएको उनका आफन्त नवीन लामाले जानकारी दिए।

लामाले चिकित्सकको लापरबाहीका कारण धनलक्ष्मीको मृत्यु भएको भन्दै दोषी चिकित्सकलाई कारबाहीको माग गरेका छन् । यता अस्पतालका चिकित्सक विनोद दङ्गालले भने बिरामीलाई दम र निमोनिया देखिएकाले जतिबेला पनि जेसुकै हुनसक्ने अवस्था रहेकाले मृत्यु भएको हुनसक्ने बताए।

मृतकका आफन्तले अस्पताल घेराउ गरेपछि अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ । तामाङको मृत्यु भएपछि अस्पतालको लापरवाही भन्दै आफन्त आक्रोसित बनेका छन् ।

आफन्तले डाक्टरलाई कारबाही र परिवारलाई क्षतिपूर्ति नदिएसम्म शव नउठाउने बताएका छन् । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *