मेक्सिकोमा वातावरणीय प्रदुषणबाट वर्सेनी २० हजारको मृत्यु

मेक्सिको सिटी, १६ असार – मेक्सिकोमा वायु प्रदुषणबाट वर्सेनी कम्तीमा पनि २० हजार जनाको ज्यान जाने गरेको समाचार छ ।

मेक्सिकोको ‘नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थ’ले दिएको जानकारीअनुुसार वर्षमा २० हजार नागरिकको वायु प्रदुषण र यससँग सम्बन्धित स कारण ज्यान जाने गरेको पाइएको छ ।

बिहीबार मेक्सिको सिटीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रममा बोल्दै उक्त संस्थाका निर्देशक माउरिको हर्नान्डेजले सो जानकारी गराएका हुन् ।

उनका अनुसार मेक्सिकोमा वायु प्रदुषणको अवस्था अत्यन्तै घातक र डरलाग्दो गरी फैलिएको छ । यसका कारण मेक्सिकाको कम्तीमा पनि ११ वटा सहर प्रभावित भएका छन् ।

ती ११ सहरमा बस्ने दशलाखभन्दा बढी नागरिक वायु प्रदुषणको चपेटामा परिरहेका पनि उनले जानकारी दिएको समाचारमा जनाइएको छ ।

मेक्सिकोमा भएका वायु प्रदुषणको अवस्था हेर्दा वर्सेनी यहाँ कम्तीमा पनि २० हजार मानिस यसै कारणले मृत्यु हुने गरेको छ भने अरु वर्सेनी लाखौँ मानिस नराम्रोसँग प्रभावित हुने गरेका छन् ।

मेक्सिकाका विभिन्न सहरमा पछिल्ला वर्षहरुमा बढ्दै गएको वायु प्रदुषणका कारण स्वासप्रस्वास र मुटुको रोगको प्रकोप बढ्ने गरेको पाइएको पनि उनले बताए ।उनी मेक्सिकोको स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य महाशाखाको पनि प्रमुखका रुपमा रही काम गरिरहेका छन् ।

गएको मार्च १ तारिखदेखि यता जुनसम्म अनुसन्धान गरिएको एक तथ्याङ्कमा त्यस अवधिमा अस्पतालमा आएका विरामीहरुमा स्वासप्रस्वास र मुटुका रोगीहरु बढी आएका थिए र उनीहरुको विमार वातावरणीय प्रदुषणका कारणले बढेको थियो ।

मेक्सिको सवारी साधनहरु धेरै रहेको देशमा पर्छ । त्यस देशमा सञ्चालन हुने गरेका मोटर एवम् यस्तै सवारी साधनको मापदण्ड पनि त्यति स्वस्थ नरहेको बताइन्छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *