धुलिखेल अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन सञ्चालनमा

28
Shares

बनेपा, १६ असार –  धुलिखेल अस्पतालमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिन  हिजोदेखि सञ्चालनमा आएको छ ।

१.५ मोडेलको सो मेसिनबाट एकै दिनमा २० देखि ३० वटासम्म एमआरआइ गर्न सकिने धुलिखेल अस्पतालका रेडिलोजिस्ट डा. सुवीन्द्र कार्कीले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामुदायिक अस्पताललाई प्रदान गरिने पूँजीगत बजेट रु ११ करोड भन्दाबढी मूल्यको सो मेसिन नेपालमै अत्याधुनिक भएको डा. कार्कीले बताए । “अब काभ्रेपलाञ्चोकबाट एम्बुलेन्समा नै राखेर एमआरआई गर्न काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य भएको छ”–उनले भने । दुई साता अघि सो मेसिन अस्पतालमा ल्याइएको हो । –  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *